कानुनको अभावले सङ्घ र प्रदेशबिच अन्तर्विरोध देखिएका छन् : अध्यक्ष दाहाल
पुस २, २०८१काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले सङ्घीयतालाई संस्थागत गर्न धेरै कानुनी प्रबन्ध र व्यवस्थापकीय कार्य बाँकी रहेको बताएका छन् । पोखरामा मंगलबारदेखि अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै उनले प्रदेश सरकारले दिने डेलिभरीमा भएका समस्याबारे गम्भीर समीक्षा गर्नुपर्ने उल्लेख गरे । ‘कतिपय कानुनको अभावले सङ्घ र प्रदेशबिच खाडल र अन्तर्विरोध देखिएको छ,’ उनले भने, ‘सङ्घीय सांसद र प्रदेश सांसदलाई भोट ह
सबै पढ्नुहोस