भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप-प्रबन्धक पक्राउ
मङ्सिर ३०, २०८१काठमाडौँ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उप–प्रबन्धक शशीकिरण श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई काठमाडौँको स्वयम्भूबाट पक्राउ गरिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताए । उनी १३ वर्षपछि पक्राउ परेका हुन् । उनीबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो । कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरेर उनले ३९ करोड ८९ लाख हानी गरेको आयोगको अनुसन्धान निष्कर्ष छ ।
सबै पढ्नुहोस