दिव्येश्वरी जग्गा एकीकरण आयोजनाका सवइन्जिनियरविरुद्ध साढे ३ करोड बढीको भ्रष्टाचार मुद्दा
बैशाख २८, २०८२काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणद्वारा सञ्चालित दिव्येश्वरी जग्गा एकीकरण आयोजना भक्तपुरमा कार्यरत सवइन्जिनियर कुमार पौड्यालविरुद्ध साढे तीन करोड बढीको भ्रष्टाचार मुद्दा दायर भएको छ । पौड्यालले पदीय मर्यादा विपरीत कार्यहरू गरी तीन करोड ६३ लाख २१ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
सबै पढ्नुहोस