आन्दोलनरत शिक्षकहरुले हात उठाएर गरे सरकारको सांकेतिक विरोध
चैत २६, २०८१काठमाडौं। शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका शिक्षक–कर्मचारीहरुले बुधबार हात उठाएर सरकारको सांकेतिक विरोध गरेका छन् । बानेश्वर–बबरमहल सडकखण्डमा भेला भएका शिक्षक–कर्मचारीहरुले एकै पटक हात उठाएर प्रदर्शन गरेका हुन् । उनीहरुले छिटो शिक्षा ऐन जारी गर्न र वार्ताको वातावरण बनाउन हात उठाएर दबाब दिएका हुन् ।
सबै पढ्नुहोस