६० प्रतिशत मतदान भएको आयोगको प्रारम्भिक अनुमान
फाल्गुण २१, २०८२काठमाडौं । निर्वाचन आयोगले मतदान शान्तिपूर्ण र उत्साहजनक रूपमा सम्पन्न भएको जानकारी दिएको छ । मतदान सम्पन्न भए लगत्तै आयोगले पत्रकार सम्मेलन गरेर आजको मतदानमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरेको बताएको हो । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले करिब ६० प्रतिशत मत खसेको अनुमान रहेको बताउदै विवरण संकलन गर्ने क्रम जारी रहेको बताएका छन् ।
सबै पढ्नुहोस