''जनवादी गीत देशको लागि सङ्गीत" मण्डला थियटरमा सम्पन्न
भदौ ७, २०८२काठमाडौ । पिपुल्स स्टुडियोको आयोजनामा ''जनवादी गीत देशको लागि सङ्गीत" कार्यक्रम आज मण्डला थियटरमा सम्पन्न भएको छ । कार्यक्रम दिउँसो १:३० बजे बाट ३ बजे सम्म भएको थियो । कार्यक्रममा जनवादी कलाकारहरुले एक दर्जन बढी गीत गाएका थिए । नेपालको राजनीतिक परिवर्तनमा जनवादी गीत–संगीतको महत्त्वपूर्ण भूमिका रहेको र हालसम्मका परिवर्तनका आन्दोलनहरूमा जनवादी गीतले सशक्त भूमिका निर्वाह गर्दै आएको कलाकारहरुले बताए। राजनीति
सबै पढ्नुहोस