प्रि-बजेट छलफलमा सत्तापक्षलाई १२ घण्टा समय, प्रतिपक्षलाई ६ घण्टा
बैशाख ३०, २०८२काठमाडौं । प्रतिनिधि सभाले प्रि-बजेट छलफलका निम्ति समय निर्धारण गरेको छ । आज, भोलि, जेठ १ गते र जेठ दुई गते गरी चार दिन छलफल हुनेछ । चार दिनमा १८ घण्टा छलफल गर्ने गरी समय निर्धारण गरिएको छ । पहिलो दिन आज ४ घण्टा, भोलि ५ घण्टा, जेठ १ गते ४ घण्टा र जेठ २ गते ५ घण्टा छलफल हुनेछ । जम्मा १८ घण्टा छलफल हुनेछ । यसमा नेपाली कांग्रेस र नेकपा एमालेलाई ५/५ घण्टा समय पाएका छन् ।
सबै पढ्नुहोस