रविलाई चितवनबाट रातारात पोखरा ल्याइयो
मङ्सिर २०, २०८१पोखरा । चितवनमा बयान सकेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रातारात गाडीमा पोखरा ल्याइएको छ । काठमाडौंमा बयान सकिएलगत्तै साहारा चितवन सहकारीको रकम हिनामिनामा पनि संलग्न देखिएको भन्दै पक्राउ पुर्जी जारी भएका रविलाई सिधै बयानका लागि मंगलबार बिहान चितवन पुर्याइएको हो । चितवनमा २ दिनसम्म बयान सकेर राति नै स्थलमार्ग हुँदै रविलाई बिहान साढे ३ बजे कास्की प्रहरी कार्यालयमा ल्याइपुर्एको प्रहरीले जनाएको छ
सबै पढ्नुहोस