पछिल्लो २४ घण्टामा चट्याङबाट ५ जनाको मृत्यु
चैत २७, २०८१काठमाडौं । पछिल्लो २४ घण्टामा चट्याङका कारण देशभर ५ जनाको मत्यु भएको छ । राष्ट्रिय विप्द जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार विभिन्न पाँच जिल्लामा ५ जनाले ज्यान गुमाएका हुन् । झापाको गौरादह नगरपालिका–५ स्थित बालुबथानमा ५४ वर्षीय पुरुषको मृत्यु भएको छ । पानीसँगै परेको चट्याङको झड्का लागेर उनको मृत्यु भएको हो ।
सबै पढ्नुहोस