ब्लाइण्ड टी२० विश्वकपमा नेपालको पहिलो जित
मङ्सिर १०, २०८१काठमाडौं । पाकिस्तानमा जारी नेत्रहीन क्रिकेट विश्वकपमा नेपालले पहिलो जित हासिल गरेको छ । सोमबार भएको आफ्नो तेस्रो खेलमा नेपालले अफगानिस्तानलाई १०८ रनले हराएको हो । नेपालले दिएको २२९ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २० ओभरमा ९ विकेट गुमाएर १२० रन मात्र बनायो । अबसिन सेलाबले सर्वाधिक ५३ रन बनाए । नेपालका सुनिल मगरले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिए । त्यस्तै भरत थापा, सुनिल क्षेत्री र अमिश गुरागाईंले एक-एक विकेट लिए ।
सबै पढ्नुहोस