नेपाल आइपुगे लेजेण्डरी क्रिकेटर ब्रायन लारा
मङ्सिर २८, २०८१काठमाडौं । विश्व चर्चित क्रिकेटर ब्रायन लारा नेपाल आइपुगेका छन् । उनी शुक्रबार बिहान नेपाल आइपुगेका हुन् । उनलाई क्यान पदाधिकारीले त्रिभुवन विमानस्थलमा स्वागत गरे । उनी काठमाडौंमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) हेर्न नेपाल आएका हुन् । छोरीसहित नेपाल आएका लारा ३ दिन नेपाल बस्नेछन् । वेस्ट इन्डिजका क्रिकेट खेलाडफ लारा टेस्ट क्रिकेट सर्वाधिक चर्चित छन् । टेस्ट क्रिकेटमा एकै इनिङमा नटआउट ४ सय रन बनाउने कीर्तिमान छ
सबै पढ्नुहोस