×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं । सर्वोच्च अदालतले रास्वपा सभापति एवं गृहमन्त्री रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ सकिएको छ । गत मंगलबारदेखि न्यायाधीशद्वय डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा शुक्रबार सुनुवाइ सकिएको छ । अब यो रिटमा आदेश आउन बाँकी छ ।

आज रवि लामिछाने र छविलाल जोशीविरुद्ध जाहेरी दिएका कानुन व्यवसायीहरूले बहस गरेका थिए । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी, दिनेश त्रिपाठी तथा अधिवक्ता रामचन्द्र आरसी गौतमले शुक्रबार बहस गरे ।

लगत्तै रवि र छविका कानुन व्यवसायीहले जवाफी बहस गरेका थिए । अधिवक्ताहरू सुशीलकुमार पन्त र रमनकुमार श्रेष्ठ र सतिषकृष्ण खरेलले जवाफी बहस गरेका थिए ।

उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई थुनामा राख्न आदेश दिएको थियो । त्यो आदेशपछि रुपन्देही जिल्ला कारागारमा उनी थुनामा छन् ।

प्रतिकृया दिनुहोस्