×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

९ वटा दल एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह तारा

९ वटा दल एकतापछि पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह तारा

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीर्कत समाजवादी सहितका ९ वटा दल र समूहबीच एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राखिने भएको छ। यस्तो प्रस्ताव माओवादी केन्द्रको बैठकबाट पारित भएको छ।

मंगलबार माओवादी केन्द्रको राष्ट्रिय महाधिवेशन आयोजक समितिको पूर्ण र अन्तिम बैठक बसेको थियो। जसले ‘नेपाली कम्युनिस्ट पार्टी’ नाम राख्ने प्रस्ताव पारित गरेको हो ।

माओवादी नेता रामप्रसाद सापकोटा दिपशिखाका अनुसार एकीकृत पार्टीको नाम ‘नेपाली कम्युनिस्ट पार्टी’ र चुनाव चिन्ह तारा राखिने भएको छ ।

नेताहरूका अनुसार माओवादी केन्द्रबाट पारित भएको यो नामबारे अन्य एकतामा रहेका पार्टीहरूसँग समेत छलफल भएर अगाडि बढ्नेछ ।
 

प्रतिकृया दिनुहोस्