×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

मीन गुरुङको प्रस्तावलाई एमालेले धन्यवाद सहित फिर्ता गर्ने

मीन गुरुङको प्रस्तावलाई एमालेले धन्यवाद सहित फिर्ता गर्ने

काठमाडौ । व्यवसायी मीनबहादुर गुरूङले दानमा भवन दिने प्रस्तावलाई नेकपा एमालेले फिर्ता गर्ने भएको छ । सचिवालय बैठकमा प्रस्तुत प्रस्तावमा गुरुङबाट दानमा लिने भनिएको भवनको प्रस्ताव फिर्ता गरेर बल्खुमै कार्यालय बनाउने उल्लेख छ ।

‘कलंकीमा भवन निर्माणको प्रस्ताव गर्ने दाता (मीनबहादुर गुरुङ दम्पत्ति) लाई धन्यवाद सहित उहाँहरूको प्रस्ताव फिर्ता गर्ने र अब नयाँ कार्यालय भवन मदननगर, बल्खुमै निर्माण गर्ने निर्णय गर्ने,’ एमालेको प्रस्ताव छ ।

गुरुङले दानमा दिने भनेको भवनको शिल्यान्यास ०८१ असोजमा ओली र गुरुङ दम्पतीले गरेका थिए । तर उक्त भवन निर्माण भएको थिएन ।

सचिवालय बैठकले अब बल्खुमै केन्द्रीय कार्यालय बनाउने प्रस्ताव अगाडि बढाएको छ । मदन–आश्रित दिवसको अवसर पारेर महासचिव शंकर पोखरेलले बल्खुमै कार्यालय बन्ने घोषणा गरिसकेका छन् ।
 

प्रतिकृया दिनुहोस्