×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

जुवातास खेल्दै गरेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं । जुवातास खेल्दै गरेको अवस्थामा १७ जनालाई प्रहरीले काठमाडौंका दुई ठाउँबाट पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका–८ जयबागेश्वरीस्थित एक घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ६६ वर्षीय भीम संगत समेत ७ जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ७ हजार ९ सय १५ रूपैयाँ र ४ बुक तास सहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं महानगरपालिका–२९ अनामनगरबाट जुवातास खेलिरहेको अवस्थामा भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ बस्ने दोलखा भिमेश्वर नगरपालिका–७ घर भएका ४० वर्षीय रामजी बस्नेत समेत १० जना पक्राउ परेका छन् ।

प्रहरी वृत्त सिंहदरबारबाट खटिएको टोलीले उनीहरूलाई नगद २ लाख ५७ हजार ४ सय रूपैयाँ र ९ बुक तास सहित पक्राउ गरेको हो ।


 

प्रतिकृया दिनुहोस्