काठमाडौं । हस्ताक्षर अभियानबारे जानकारी दिन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पत्रकार सम्मेलन गर्दैछ । पार्टी प्रवक्ता मनिष झाका अनुसार भोलि बिहीबार दिउँसो साढे ३ बजे जानकारी गराउन लागिएको हो ।
रास्वपाले पार्टी सभापति रवि लामिछानेप्रति राजनीतिक प्रतिशोध भएको भनेर हस्ताक्षर अभियान चलाउँदै आएको छ ।
प्रवक्ता झाका अनुसार हस्ताक्षर अभियानका साथै समसामयिक राजनीतिक घटनाक्रम, सदन बहिष्कार, रुपन्देही–३ को उपनिर्वाचनमा उम्मेदवार चयन कार्यविधि लगायत विषयमा समेत पार्टीको धारणा सार्वजनिक हुनेछ ।
यी उदेश्यसहित कार्यक्रम राखिएको उनले बताए । पत्रकार सम्मेलन पार्टीको केन्द्रीय कार्यालय वनस्थलीमा हुनेछ ।