×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाचार

कुलेखानी–कलंकी–हुमाने सडक जेठ २ गतेदेखि २० गतेसम्म बन्द हुने

कुलेखानी–कलंकी–हुमाने सडक जेठ २ गतेदेखि २० गतेसम्म बन्द हुने

काठमाडौं । कुलेखानी–कलंकी–हुमाने सडकखण्ड जेठ २ गतेदेखि २० गतेसम्म बन्द हुने भएको छ ।

सडक कालोपत्रे गर्नका लागि सवारी साधनहरु पूर्णरुपमा बन्द गर्न लागिएकाले हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नेहरुलाई वैकल्पिक बाटो प्रयोग गर्न भनिएको छ ।

विकल्पमा कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक प्रयोग गर्न सकिने जिल्ला प्रशासन कार्यालय मकवानपुरले जनाएको छ ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको सूचनामा लेखिएको छ, ‘इन्द्रसरोवर गाउँपालिकास्थित कुलेखानी–कलंकी–हुमाने सडकखण्ड कालोपत्रे गर्ने प्रयोजनार्थ मिति २०८२–०२–०२ गतेदेखि मिति २०८२–०२–२० गतेसम्म (१९ दिन) उक्त सडकखण्डमा सवारी आवागमन पूर्णरुपमा बन्द हुने भएकोले सो अवधिमा हेटौंडा–काठमाडौं वा काठमाडौं–हेटौंडा यात्रा गर्नुपर्ने सवारी साधनहरुले अन्य वैकल्पिक मार्ग (कान्ति लोकपथ वा कुलेखानी–सिस्नेरी–फर्पिङ सडक) को प्रयोग गर्नुहुन‘।’

प्रतिकृया दिनुहोस्