काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मुल्यमा नयाँ रेकर्ड कायम भएको छ । आज छापावाला सुन तोलामा एक हजार रुपैयाँ बढेर प्रतितोला एक लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला दुई हजार तिन सय २५ रुपैयाँमा कारोबार भैरहेको छ ।