×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

अर्थ/वाणिज्य

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

ह्वात्तै बढ्यो सुनचाँदीको मुल्य, प्रतितोला कति ?

काठमाडौं । सोमबार सुनको भाउ तोलामा ५ हजार ६ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला ३ लाख २६ हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला ३ लाख २० हजार ५ सय रुपैयाँ थियो ।

मध्यपूर्वमा देखिएको तनावले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेसँगै नेपाली बजारमा प्रभाव देखिएको हो । यसअघि माघ १५ गते सुनको भाउ प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

त्यस्तै चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ५ हजार ९८५ रुपैयाँमा कारोबार भएको चाँदी आज ६ हजार २० रुपैयाँ कायम भएको छ ।

प्रतिकृया दिनुहोस्