×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै छ : वामदेव गौतम

एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै छ : वामदेव गौतम

काठमाडौं । पूर्वमन्त्री एवं नेता वामदेव गौतमले नेकपा (एकीकृत समाजवादी) पार्टी प्रवेशका सन्दर्भमा पूर्वप्रधानमन्त्री एवं अध्यक्ष माधवकुमार नेपालसँग छलफल गरेका छन् । सोमबार एकीकृत समाजवादीको पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल र गौतमबिच भेट भएको हो । 

भेटका क्रममा पुराना संस्मरणहरु पुनःजीवित गरेको नेता गौतमले बताए । उनले नयाँ पाइला सँगै अघि बढाउनेबारेमा पनि छलफल भएको  बताए  । 

उनले भने, ‘पुराना पुराना संस्मरणहरु पुनःजीवित गरियो । नयाँ आकाशतिर फेरि हिँड्नुपर्छ भन्नेकुरा भयो । आजलाई स्थगित भयो । पार्टीमा आउने सम्भावना छँदैछ ।’

गौतमले एकीकृत समाजवादीमा प्रवेश गर्ने सम्भावना जीवितै रहेको बताए ।

प्रतिकृया दिनुहोस्