×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

समाज

बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

बालिका बलात्कारको आरोपमा २ सशस्त्र प्रहरी पक्राउ

काठमाडौं। बालिका बलात्कारको आरोपमा सशस्त्र प्रहरी बलका दुई सुरक्षाकर्मी पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दाङको २९ नं. ज्वालामाई गणमा कार्यरत सहायक हवल्दार भरत रोका मगर र जवान रेवन पचभैया मगर छन् ।

बलात्कारको आशंकापछि सशस्त्र प्रहरीकै टोलीले अनुसन्धान गर्न भनेर जिल्ला प्रहरी कार्यालय दाङलाई बुझाइएको सशस्त्रका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

गत असोज २४ गते पिङ खेल्न आएकी ८ वर्षीया बालिकामाथि उनीहरुले बलात्कार गरेको आरोप लागेको छ ।

प्रतिकृया दिनुहोस्