×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

समाजवादी मोर्चा कुम्भकर्ण होइन ब्युँझेर आएको छ, मोर्चा गतिमै छ : विप्लव

समाजवादी मोर्चा कुम्भकर्ण होइन ब्युँझेर आएको छ, मोर्चा गतिमै छ : विप्लव

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का महासचिव नेत्रविक्रम चन्द विप्लवले समाजवादी मोर्चा कुम्भकर्ण नभई ब्युँझेर आएको दाबी गरेका छन् ।

समाजवादी मोर्चाले मङ्गलवार काठमाडौँमा गरेको विचार सभालाई सम्बोधन गर्दै विप्लवले अब मोर्चा सक्रिय रूपमा अगाडि बढ्ने बताए । गणतन्त्र स्थापना भएको १८ वर्षमा जनता उकुसमुकुस भएको र बिस्तारै नयाँ तरिकाले सोच्न थालेको उनले स्पष्ट पारे ।

‘समाजवादी मोर्चा कुम्भकर्ण होइन ब्युँझेर आएको छ । मोर्चा गतिमै छ । जसपा अहिले छैन । नेसपालाई सहभागी गराउन सफल भएका छौँ’, उनले भने, ‘थुप्रै मित्र शक्तिलाई मोर्चामा ल्याउने पहल भइरहेको छ । सरकार ढल्छ र ढल्दैन तिखा बहस भइरहेका छन् । जनताले निकासको चाहना राखेका छन् । सबैतिरबाट सक्रिय हुने परिस्थिति बनिराखेको छ ।’

मोर्चाका संयोजक समेत रहेका उनले अहिलेको निर्विकल्प समाजवाद भएको भन्दै अब चुप लागेर नबस्ने चेतावनी दिए । आफू गोली र बारुदबाट आएको शक्ति भएकाले देशलाई विदेशीको गुलाम बनाउन नदिने विप्लवले बताए ।

यस्तै उनले २०८४ युगान्तकारी परिघटना हुनेवाला भएको भन्दै समाजवादको यात्रा तय गर्न धेरै बाँकी रहेको बताए ।

प्रतिकृया दिनुहोस्