×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

बैंक/वित्त

राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने

राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजदेखि पाँच रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा ल्याउने भएको छ। राष्ट्र बैंकले आज सूचना जारी गरि साबिककै आकार तथा रङ्गमा रुपैयाँ पाँच दरको नयाँ नोट चलनचल्तीमा ल्याउन लागिएको जनाएको छ। 

चलनचल्तीमा ल्याउन लागिएका नयाँ नोटको अग्रभागको बायाँतर्फ सगरमाथाको चित्र, दायाँतर्फ लालीगुराँसको पानी छाप, तत्कालीन गभर्नर महाप्रसाद अधिकारीको दस्तखत र नोटको तल्लो भागको बोर्डरमा नोटको सिरिस नम्बर नेपालीमा वि.सं.२०८१ लेखिएको हुने छ।

नोटमा तत्कालीन गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर रहनेछ । 

प्रतिकृया दिनुहोस्