×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेसका सात पूर्व पदाधिकारीको बैठक बस्दै

कांग्रेसका सात पूर्व पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसका सात पूर्व पदाधिकारीहरूको बैठक बोलाइएको बोलाइएको छ । कांग्रेस नेता एवं सरकारका उपप्रधानन्त्री प्रकाशमान सिंह निवास चाक्सीबारीमा बैठक बोलाइएको हो । नेता सिंहले संयोजन गरेर दिउँसो २ बजे बस्ने गरी बोलाइएको हो ।

पूर्व पदाधिकारीहरुको महाधिवेशनमा छुट्टै समीकरण गर्ने गरी छलफलमा जुटेका नेताहरुको विगतकै निरन्तरका रुपमा सोमबार बैठक आह्वान गरिएको हो । पूर्वपदाधिकारीहरू विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, डा शशांक कोइराला, विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठ र डा प्रकाशशरण महतले यसअघि पनि छलफलमा गर्दै आएका छन् ।

सात नेताले सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारी गरेका छन् । सातै प्रदेशमा अन्तक्रिया गर्ने तयारको बारेमा आज थप छलफल हुने सोही समूहका एक नेताले जानकारी गराए ।

काठमाडौंमा पहिलो कार्यक्रम गरेर अन्य प्रदेशमा जाने गरी यसअघि तयारी भएको थियो । ती नेताले भने, ‘महाधिवेशनमा मिलेर जाने बारे छलफल हुन्छ । सातै प्रदेशमा कार्यक्रम गर्ने बारे आज थप छलफल हुन्छ ।’

प्रतिकृया दिनुहोस्