×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डले बोलाए पदाधिकारी बैठक

प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौं । नेकपा माओवादी केन्द्रले पदाधिकारी बैठक बोलाएको छ । भोलि (बिहीबार) बिहान साढे ८ बजे बस्नेगरी बैठक बोलाइएको एक पदाधिकारीले  जानकारी दिए ।

बैठक बिहान प्रचण्ड निवास खुमलटारमा बस्ने तय भएको छ । बैठकमा पार्टी निकट अखिल क्रान्तिकारीको २३ औँ राष्ट्रिय सम्मेलनबारे छलफल हुने बताइएको छ ।

अखिलको गत १९ गते स्थागित भएको राष्ट्रिय सम्मेलन २३ र २४ मंसिरमा हुने बताइएको थियो । पूर्वनिर्धारित समय अनुसार राष्ट्रिय सम्मेलनका लागि तयारी नभएको नेताहरूले बताएका छन् ।

प्रतिकृया दिनुहोस्