×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना,कुन शीर्षकमा कति जरिवाना ?

ज्ञानेन्द्र शाहलाई ७ लाख ९३ हजार जरिवाना,कुन शीर्षकमा कति जरिवाना ?

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार जरिवाना गरेको छ। राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेका राजावादीले वातावरण प्रदूषण गरेको  लगायतका शीर्षकमा महानगरले सो रकम बराबरको जरिवाना गर्ने निर्णय गरेको हो। शुक्रबार भएको राजावादीहरुको आन्दोलनका क्रममा तीनकुने, कोटेश्वर लगायत क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । महानगरले वातावरण तथा प्राकृतिक स्रोत संरक्षण ऐन २०७७ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन बमोमिज जरिवाना गराएको हो । महानगरपालिकाले पूर्वराजा शाहलाई ८ वटा पत्र काटेको छ । पूर्वराजाको सहमतिमा शुक्रबार राजवादीले राजधानीको तीनकुने क्षेत्रमा प्रदर्शन गरेकामा फोहोरमैला गरेको लगायतका कारण देखाउँदै जरिवाना र क्षतिपूर्ति माग गर्दै पत्र काटेको हो । कोटेश्वरको सडक तथा सडकपेटीमा जथाभावी फोहोर : रु १ लाख महादेवस्थानको सडक तथा सडकपेटीमा जथाभावी फोहोर : रु १ लाख तीनकुनेको सडक तथा सडकपेटीमा जथाभावी फोहोर : रु १ लाख जडीबुटीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर : रु १ लाख बालकुमारीको सडक तथा सडकपेटीमा जथाभावी फोहोर : रु १ लाख सिनामंगलको सडक तथा सडकपेटीमा जथाभावी फोहोर : रु १ लाख दमकल तोडफोड : रु १ लाख ३० हजार तीनकुनेमा रुख, बिरुवा, रेलिङ तोडफोड: रु ६३ हजार

प्रतिकृया दिनुहोस्