×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा जगतबहादुर सिंखडा

संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको अध्यक्षमा जगतबहादुर सिंखडा

काठमाडौं । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) को अध्यक्षमा जगतबहादुर सिंखडा चयन भएका छन् । मंगलबार काठमाडौंमा आयोजित छैटौं राष्ट्रिय ट्रेड युनियन सम्मेलनले सिंखडालाई एक वर्षको लागि जेटीयूसीसीको राष्ट्रिय अध्यक्ष चयन गरेको हो । धादिङका स्थायी बासिन्दा सिंखडा अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्ष पनि हुन् ।

सम्मेलनले महासचिवमा इन्द्रदेव मिश्र र महिला संयोजकमा सीता लामालाई चयन गरेको छ । महिला समितिको सचिवमा सरिता घिसिङ चयन भएकी छन् ।

जेटीयूसीसीमा हाल नेपालमा मान्यता प्राप्त दश वटा ट्रेड युनियन महासंघ आबद्ध छन् । हरेक एकरएक वर्षमा हुने जेटीयूसीसीको अध्यक्षमा भने प्रत्येक वर्ष छुट्टाछुट्टै ट्रेड युनियन संस्थाले प्रतिनिधित्व गर्ने गरेका छन् ।

जेटीयूसीसीका नवनिर्वाचित अध्यक्ष जगत सिंखडाले ट्रेड युनियन आन्दोलन अप्ठ्यारो अवस्थामा रहेको बेला नेतृत्व गर्नु चुनौतीपूर्ण रहे पनि सशक्त नेतृत्व प्रदान गर्ने बताए ।

‘संविधानमा श्रमिकका विषय सम्बोधन भएपनि श्रमिकको हितमा कानुनहरु बन्न सकेका छैनन्,’ उनले भने, ‘उल्टो हिंड्न थालेको नेपालको ट्रेड युनियन आन्दोलनलाई सुल्टो बाटोमा ल्याउने प्रयास गर्छु ।’

सिंखडाले श्रम ऐनभित्र भएका मजदुर विरोधी दफाहरूलाई संशोधन गर्न पहल गर्ने र योगदानमा आधारित सामाजिक सुरक्षालाई कार्यान्वयनमा लैजान जोड दिने बताए ।

प्रतिकृया दिनुहोस्