×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रियसभा बैठकमै ढले कांग्रेसका सांसद भट्ट,उपचार हुँदै

राष्ट्रियसभा बैठकमै ढले कांग्रेसका सांसद भट्ट,उपचार हुँदै

काठमाडौं । राष्ट्रियसभा बैठक चलिरहँदा एक जना सांसद उक्त रक्तचापका कारण बैठकमै ढलेका छन् । संघीय संसद् सचिवालय स्रोतका अनुसार बैठकमा पुगेका नेपाली कांग्रेसका सांसद नारायणदत्त भट्ट बैठकमा ढलेका हुन् ।

उनी उक्त रक्तचाप र सुगरका बिरामी हुन् । उनले आजको बैठकमा बोल्नका लागि नाम समेत टिपाएका थिए । उनी अस्वस्थ भएपछि राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले कांग्रेस सांसद विष्णुकुमारी सापकोटालाई बोल्ने समय दिए ।

‘माननीय नारायणदत्त भट्ट अस्वस्थ भएका कारणले सम्बन्धित दलबाट माननीय विष्णुकुमारी सापकोटाले बोल्ने कुरा भएकाले उहाँ माननीयलाई समय दिन्छु,’ दाहालले भने ।

अहिले उनको संसद् भवनभित्रै उपचार भइरहेको छ । ‘राष्ट्रियसभाको स्वास्थ्य कक्षमा माननीयज्यूको उपचार भइरहेको छ,’ स्रोतले भन्यो ।

प्रतिकृया दिनुहोस्