×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

धुम्बाराहीमा मधेशकेन्द्रित दलको बैठक जारी, उपेन्द्र यादवको पार्टी अनुपस्थित

धुम्बाराहीमा मधेशकेन्द्रित दलको बैठक जारी, उपेन्द्र यादवको पार्टी अनुपस्थित

काठमाडौं । मधेश केन्द्रित राजनीतिक दलहरूको बैठकमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी नेपाल अनुपस्थित भएको छ ।

मंगलबार धुम्बाराहीमा जारी बैठकमा जसपा नेपालका नेताहरु सहभागी नभएका हुन् । बैठकमा सहभागी एक नेताले जसपा नेपालको तर्फबाट कुनै पनि नेता उपस्थित नभएको जानकारी गराए ।

मधेश केन्द्रीत मोर्चा गठन गर्ने प्रयास स्वरुप कार्यदलको पहिलो बैठक आज बोलाइएको थियो । बैठकमा मोर्चा निर्माणको खाका, उद्देश्य, र साझा एजेन्डाबारे छलफल गर्ने तय मधेस केन्द्रित दलका नेताहरुले बताएका छन् ।

बैठकमा जसपा, लोसपा, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, तमलोपा लगायतका दलका नेताहरु सहभागी भएका छन् । मधेस केन्द्रित दलका नेताहरु हृदयश त्रिपाठी, रेणु यादव, शरद यादव, डा.शिवजी यादव, केशव झा लगायतका नेता उपस्थित छन् । बैठकमा स्वतन्त्र सांसद अमेरशकुमार सिंह पनि सहभागी भएका छन् ।

प्रतिकृया दिनुहोस्