×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कीर्तिपुरको मेयर पदको मतगणना बिहान ८ बजे पछि हुने

कीर्तिपुरको मेयर पदको मतगणना बिहान ८ बजे पछि हुने

काठमाडौं । कीर्तिपुर नगरपालिकामा ६८ दशमलव ६६ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगको विवरण अनुसार ३१ हजार ११२ मतदातामध्ये २१ हजार ३६२ मत खसेको हो ।

कीर्तिपुरमा मेयर पदमा र वडा नम्बर १ र ४ मा वडाध्यक्ष पदमा उपनिर्वाचन भएको थियो । कीर्तिपुरमा पहिले वडाध्यक्षको र त्यसपछि, मात्र मेयर पदको मतगणना सुरु हुने छ । वडाको मतगणना सुरु गर्नुअघि बिहान ८ बजे सर्वदलीय बैठक बोलाइएको छ ।

यसैगरी काठमाडौं महानगरपालिका वडा नम्बर १६ मा भने ५० प्रतिशत मात्र मत खसेको छ ।

काठमाडौंको वडानम्बर १६ मा २१ हजार २५ मतदातामध्ये १० हजार ५३९ जनाले मात्र मतदान गरेको निर्वाचन आयोगले जनाएको छ । त्यहाँको मतगणना आजै सुरु गर्ने तयारी छ ।

कीर्तिपुरको मतगणना नगरपालिकाको हलमा र वडा नम्बर १६ को मतगणना वडा कार्यालयमै हुने निर्वाचन आयोगले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस्