×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

अध्यादेश ल्याउने कदम ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश’

अध्यादेश ल्याउने कदम ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश’

काठमाडौं । सरकारले संसद्मा विचाराधिन विधेयक फिर्ता समेत नलिई अध्यादेश ल्याएकोप्रति आपत्ति जनाउँदै विपक्षी दलहरूले आपत्ति जनाएका छन् ।

शुक्रबार पत्रकार सम्मेलन आयोजना गर्दै विपक्षी दलहरूले अध्यादेश ल्याउने सरकारको कदमलाई ‘खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति’ को रुपमा व्याख्या गरेको छ ।

नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा आयोजित पत्रकार सम्मेलनमा संयुक्त वक्तव्य पढेर सुनाउँदै प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसबारे जानकारी गराएका हुन् ।

‘संघीय संसद्को नियमित हिँउदे अधिवेशन नबोलाएर संसदीय समितिमा छलफलमा रहेका विधेयक फिर्ता पनि नलिई गम्भीर प्रकृतिका कानुनहरू अध्यादेश जारी गर्ने कामप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ वक्तव्यमा भनिएको छ, ‘सरकारको यो कदमबाट संविधानको मर्म र भावनामाथि प्रहार भएकोप्रति संविधानको मर्म तथा भावनामाथि प्रहार हुनुका साथै संसदीय प्रणालीको उपहास गर्ने खतरनाक, स्वेच्छाकारी र निरंकुश प्रवृत्ति प्रस्तुत गरेको हाम्रो ठहर छ ।’
 

प्रतिकृया दिनुहोस्