×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

ग्रामथानमा माओवादी उम्मेदवार १४ सय मतले अगाडि, २३ सय मत गन्न बाँकी

ग्रामथानमा माओवादी उम्मेदवार १४ सय मतले अगाडि, २३ सय मत गन्न बाँकी

काठमाडौं । मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार जित नजिक पुगेका छन् ।

पछिल्लो मत परिणाम अनुसार माओवादी केन्द्रका उम्मेदवार नमोनारायण माझीले ६ हजार २८० मत पाएका छन् । उनका निकटमत प्रतिस्पर्धी नेपाली कांग्रेसका बलराम सरदारले ४ हजार ७९१ मत पाएका छन् । नेकपा एमाले उम्मेदवार तुलसीराम विश्वासले ३ हजार २६६ मत पाएका छन् ।

नेकपा माओवादी केन्द्रका नेता–कार्यकर्ताहरु मतगणना नसकिँदै माझीको जित निश्चित भएको भन्दै मतगणना स्थल आसपास खुसियाली मनाइरहेका छन् ।

ग्रामथानमा नमोनारायण माझीले दोस्रो स्थानमा रहेका कांग्रेस उम्मेदवारसँग १ हजार ४ सय ८५ मतको अग्रता बनाएका छन् ।

ग्रामथानमा अब २ हजार ३ सय ८३ मत गणना हुन बाँकी छ । आइतबार भएको उपनिर्वाचनमा ग्रामथानमा १८ हजार ५७७ मत खसेको थियो । सोमबार बिहान साढे ७ बजेसम्म १६ हजार १९४ मत गणना भएको छ ।

प्रतिकृया दिनुहोस्