×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

प्रवास

यूएईले दियो १२८ जना नेपालीलाई आममाफी

यूएईले दियो १२८ जना नेपालीलाई आममाफी

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले १२८ जना नेपालीलाई आममाफी दिएको छ । रमजानको अवसर पारेर यूएईले विभिन्न कारणले कैद सजाय भोग्दै आएका १२८ जना नेपालीलाई आममाफी दिएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

‘पवित्र रमजानको शुभ अवसरमा १२८ नेपाली कैदीहरूलाई माफी दिएकोमा नेपाल सरकारले संयुक्त अरब इमिरेट्स सरकारप्रति हार्दिक आभार र कृतज्ञता व्यक्त गर्दछ,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

मन्त्रालयले जारी विज्ञप्तिमा दुई देशबीचको सम्बन्धमा थप सौहार्दता प्रदर्शन गरी मानवनीय आधारमा माफी दिएकोमा आभार व्यक्त गरेको छ । परराष्ट्र मन्त्रालले यस कार्यको उच्च मूल्यांक गर्न पनि उल्लेख गरेको छ ।

नेपाल सरकारको आग्रहअनुसार यूएईको अबुधाबीमामा रहेको नेपाली दूतावासको समन्वयपछि माफी दिइएको हो ।

प्रतिकृया दिनुहोस्