×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

चुनावको वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली

चुनावको वातावरण अझै बनेजस्तो लाग्या छैन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अझै पनि चुनावको वातावरण तय भइसकेको जस्तो नदेखिएको बताएका छन् । आइतबार झापाको भद्रपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्ने क्रममा उनले चुनावको वातावरणबारे यसै भन्न सकिने अवस्था नरहेको बताए ।

चुनाव भएको खण्डमा आफ्नो पार्टीले भाग लिने पनि उनले बताए । ‘चुनाव हुने भयो भने हामी भाग लिन्छौं । चुनावको वातावरण यसै भन्न सकिन्नँ अझै पनि,’ उनले भने । सो क्रममा उनलाई सञ्चारकर्मीले सोध, ‘तपाईं के देख्नुहुन्छ ?’

जवाफमा ओलीले भनेका छन्, ‘चुनाव त हुन्छ भन्ठान्छु अब ।’

चुनावको वातावरणबारे सरकारले नै धेरै कुरा थाहा पाउनुपर्ने उनले बताए । ‘चुनावको वातावरणबारे सरकारले जान्ने कुरा हो । हामीले हेर्दा अझै बनेको जस्तो देखिँदैन,’ उनले भने । आफू चुनावी अभियानका क्रममा उनले सकेसम्म सबै ठाउँमा पुग्ने उनले बताए ।

प्रतिकृया दिनुहोस्