×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

श्रम संस्कृति पार्टीले कसैसँग एकता गर्दैन : हर्क साम्पाङ

श्रम संस्कृति पार्टीले कसैसँग एकता गर्दैन : हर्क साम्पाङ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो पार्टीले कसैसँग एकता नगर्ने स्पष्ट पारेका छन् । सामाजिक सञ्जालमार्फत भिडियो सन्देश दिँदै उनले आफ्नो पार्टीले मिसावटको राजनीति नगर्ने बताएका छन् ।

‘अहिले चुनावको माहोल छ । धेरैले धेरै खालका कुरा गरिरहेका छन् । जसलाई जोसँग मिल्नुछ, मिल्दा हुन्छ । श्रम संस्कृति पार्टी कोही कसैसँग मिल्दैन,’ उनले भनेका छन्, ‘श्रम संस्कृति पार्टीले मिसावट विनाको राजनीतिक गर्छ । यो देशको ढुंगाको, माटोको राजनीति गर्छ ।’

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरका मेयर बालेन शाहबीच सातबुँदे सम्झौता भएको केही घण्टापछि उनको प्रतिक्रिया आएको हो । उनले आफ्नो पार्टीले स्वदेशी विचारको राजनीति गर्ने जिकिर गर्दै भनेका छन्, ‘श्रम संस्कृति पार्टीले देशको स्वदेशी विचार, मौलिक पनको राजनीति गर्छ ।’

उनले कसैसँग एकता गर्छ कि भनेर नअलमलिन कार्यकर्ता र शुभेच्छुकलाई आग्रह गरेका छन् । ‘धेरैले यस्तोसँग मिल्छ कि उस्तोसँग मिल्छ कि भनेर अडकल गरिरहेका छन् । जो जोसँग मिले पनि हुन्छ । हामी कसैसँग मिल्दैनौं ।’

प्रतिकृया दिनुहोस्