×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन

पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधन

काठमाडौँ । नेपाली कांग्रेसका पुराना नेता तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्री (ढुण्डिराज पौडेल)को निधन भएको छ । सोमबार बिहान काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा उनको निधन भएको नेपाली कांग्रेसकी केन्द्रीय सदस्य पुष्पा भुसालले जानकारी दिइन् । 

नेपाली कांग्रेसका तर्फबाट २०४८ र २०५१ सालमा भएको प्रतिनिधिसभा निर्वाचनमा अर्घाखाँचीबाट सांसद भएका शास्त्री उद्योग र श्रममन्त्रीको जिम्मेवारी सम्हालेका थिए । 

उनले गत वर्षमात्रै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले प्रदान गर्ने बिपी कोइराला राष्ट्रिय पुरस्कार पाएका थिए । उनलाई सरकारको मन्त्रीस्तरीय बैठकको निर्णयअनुसार राजनीतिक दर्शनतर्फ पुरस्कृत गरिएको थियो । 

उनका दुवै छोराहरू देश बाहिर भएकाले स्वदेश फर्किएपछि मात्रै अन्तिम संस्कार गर्ने तयारी रहेको केन्द्रीय सदस्य भुसालले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्