×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै

संसदीय सुनुवाइ समितिको सभापति चयन गर्न बैठक बस्दै

काठमाडौं । संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दैछ । कानुन, न्याय तथा मानवअधिकार समितिको हलमा साँझ ५:१५ बजे बस्नेगरी निर्धारण भएको बैठकमा सभापतिको निर्वाचन प्रक्रिया अगाडि बढाउने कार्यसूची छ ।

पहिले यो समितिको सभापति ईश्वरीदेवी न्यौपाने थिइन् । उनले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सुनुवाइ समितिको सभापति पद रिक्त छ ।

सोही समितिको सभापति चयनका लागि आज बैठक बोलाइएको सूचनामा उल्लेख छ ।

प्रतिकृया दिनुहोस्