×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

संस्कृति/संस्कार

काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण

काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण

काठमाडौं । छठको अवसरमा काठमाडौंका आठ स्थानबाट छठघाट निर्माण गरिएको छ ।

काठमाडौं महानगरपालिकाका अनुसार वडा नम्बर १ को कमलपोखरी, वडा नम्बर ८ को गौरीघाट, वडानम्बर ११ को वंशीघाट, वडा नम्बर १३ को धौखेल खोला, वडा नम्बर १४ को कुमारी क्लब र भुवनेश्वरी मन्दिर, वडा नम्बर १६ को बालाजु बाइसधारा र वडा नम्बर ३२ को कोटेश्वर दोभानमा छठघाट निर्माण गरिएको छ । यी स्थानमा सरसफाइ, रंगरोगन, सजावट र सुरक्षा प्रबन्ध लगायतको व्यवस्था मिलाइएको छ ।

विगतमा तराई मधेशका जिल्लामा मात्र मनाइने छठ पर्व हाल काठमाडौं उपत्यकासहित देशभर मनाउने गरिएको छ ।

बिहीबार व्रतालुले अस्ताउँदो सूर्यलाई र शुक्रबार उदाउँदो सूर्यलाई अर्घ दिई छठ पर्व सम्पन्न गर्छन् । सूर्यको उपासना गर्दै मनाइने छठ पर्वको मुख्य दिन बिहीबार सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रतिकृया दिनुहोस्