×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र

नागरिक उन्मुक्ति पार्टी नेपालले पायो दल दर्ताको प्रमाणपत्र

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । कवीर सोप अध्यक्ष रहेको र चुनाव चिह्‍न जाँतो रहेको पार्टीले १३ कात्तिकमा दल दर्ताका लागि आयोगमा निवेदन दिएको थियो । आयोगले दर्ता गरेर दल दर्ताको प्रमाणपत्र दिएको हो ।

योसँगै जेनजी आन्दोलनपछि दर्ता हुने दलको संख्या पाँच पुगेको छ । यसअघि हर्क साम्पाङको श्रम संस्कृति पार्टी, गतिशील लोकतान्त्रिक पार्टी, नेपाल जनमुक्ति पार्टीबाट फुटेको राष्ट्रिय जनमुक्ति पार्टी र सीके राउतको जनमतबाट विभाजन भएको जनस्वराज पार्टी दर्ता भइसकेका छन् ।

आयोगका अनुसार कुल दर्ता दलको संख्या १२६ छ । नयाँ दर्ताका लागि निवेदन दिने दलको संख्या २९ रहेको छ ।

प्रतिकृया दिनुहोस्