×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रचण्डले बोलाए पदाधिकारी बैठक

प्रचण्डले बोलाए पदाधिकारी बैठक

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारी बैठक बोलाएका छन् । आइतबार दिउँसो २ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए । 

गजुरेलका अनुसार पछिल्लो स्थानीय समितिले गरेको निर्णय कार्यान्वयन, एकतामा जोडिएका नेताहरूको जिम्मेवारी, स्थगित भएको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान सञ्चालन, समसामयिक राजनीति लगायत विषयमा छलफल हुनेछ । 

साउन १९ गते बसेको स्थायी समिति बैठकले पार्टीभित्रको गुट, उपगुट र स्वार्थ समूह विघटन गर्ने निर्णय गरेको थियो । विप्लव नेतृत्वको नेकपासँग एकता गर्ने र नेकपा(एकीकृत समाजवादी)सँग एकताका लागि छलफल जारी राख्ने निर्णय गरेको थियो ।

 तर अझै पनि यस विपरीतका गतिविधि जारी रहेको भन्दै यसबारे पनि बैठकमा छलफल हुने बताइएको छ । 
 

प्रतिकृया दिनुहोस्