×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्र,समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदै

माओवादी केन्द्र,समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदै

काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका ९ वटा दल र समूहबीच आज एकता घोषणा हुँदैछ । एकतामा सहभागी दलहरुले आज दिउँसो १ बजे भृकुटीमण्डपमा सभा गरेर एकता घोषणा गर्न लागेका हुन् ।

माओवादी केन्द्र, एकीकृत समाजवादी, जनसमाजवादी पार्टी, नेपाल समाजवादी पार्टी, विप्लवबाट छुट्टिएको नेकपा, नेकपा समाजवादी, नेकपा माओवादी समाजवादी र नेकपा साम्यवादीबीच एकता हुन लागेको हो । गोपाल किराँती भने माओवादीसँगै मिसिएर एकतामा सहभागी भएका छन् ।

एकतापछि पार्टीको नाम नेपाली कम्युनिस्ट पार्टी राख्ने सहमति भएको छ । चुनाव चिह्न तारा प्रस्ताव गरिएको छ ।

मूल पार्टी एकतामा जाँदा केही नेताहरू भने अलग्गिएका छन् । माओवादीबाट जनार्दन शर्मा र राम कार्की लगायतका नेताहरु बाहिरिएका छन् भने एकीकृत समाजवादीबाट पूर्वप्रधानमन्त्री झलनाथ खनाल, घनश्याम भूसाल, रामकुमारी झाँक्रीलगायतका नेताहरु बाहिरिएका छन् ।

प्रतिकृया दिनुहोस्