कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णयहरू सार्वजनिक गर्दै कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णयहरू सार्वजनिक गर्दै
×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णयहरू सार्वजनिक गर्दै

कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णयहरू सार्वजनिक गर्दै

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिले गरेका निर्णयहरू आज सार्वजनिक गर्ने भएको छ । कांग्रेसले केन्द्रीय कार्यसमितिद्वारा पारित निर्णयहरू पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागेको हो ।

प्रवक्ता देवराज चालिसेका अनुसार निर्णयहरू सार्वजनिक गर्न मंगलबार दिउँसो ३ बजे सानेपामा पत्रकार सम्मेलन आयोजना गरिएको हो । २४ साउनदेखि सुरु भएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार (१ भदौ) सम्पन्न भएको थियो ।

महामन्त्री प्रदीप पौडेलका अनुसार विशेष महाधिवेशनपछि यो कांग्रेसको तेस्रो केन्द्रीय कार्यसमिति बैठक हो । बैठकमा पार्टीले हरेक सदस्यहरूलाई धारणा राख्नका लागि सात मिनेटको समय उपलब्ध गराएको थियो ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी र केन्द्रीय सदस्यसँगै सुदूरपश्चिमबाहेकका प्रदेश सभापतिहरू पनि सहभागी थिए ।

प्रतिकृया दिनुहोस्