×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

राष्ट्रियसभाका विषयगत समितिमा चार दलको भागबण्डा अनुसार सभापति चयन

राष्ट्रियसभाका विषयगत समितिमा चार दलको भागबण्डा अनुसार सभापति चयन

काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाका चार विषयगत समितिमा सभापतिको चयन चार दल नेपाली काँग्रेस, नेकपा, नेकपा एमाले र जसपा नेपालबीचको भागबण्डाको आधारमा चयन भएका छन् ।

मंगलबार राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । उनको प्रस्तावकमा मदनकुमारी शाह (गरिमा) र समर्थकमा युवराज शर्मा र रुक्मिणी कोइराला थिए ।

यस्तै, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । राईको प्रस्तावकमा सोनाम गेल्जेन शेर्पा र समर्थकमा दुर्गाकुमारी गुरुङ थिए ।

त्यसैगरी विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल निर्वाचित भएका छन् । उनको प्रस्तावकमा नारायणदत्त भट्ट र समर्थकमा जगत तिमिल्सना थिए । त्यस्तै विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाया निर्वाचित भएका छन् । उनको प्रस्तावकमा आनन्दप्रसाद ढुंगाना र समर्थकमा गीता देवकोटा थिए ।

राष्ट्रिय सभामा चार दलबीच भएको सहमति अनुसार एमालेबाट उपाध्यक्ष बनेपछि दुई समितिको सभापति नेपाली काँग्रेस तथा नेकपा र जसपा नेपालले एक एक सभापति पाउने गरी सहमति गरे अनुसार सभापति चयन भएका छन् ।

प्रतिकृया दिनुहोस्