×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले मनाए धोती दिवस

नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले मनाए धोती दिवस

काठमाडौं । नयाँ वर्ष सन् २०२५ को अवसरमा जनमत पार्टीले धोती दिवस मनाएको छ । जनमत पार्टीका अध्यक्ष सीके राउत सहितका नेता कार्यकर्ताहरु माइतीघर मण्डलामा भेला भएर धोती दिवस मनाएका हुन् ।

उनीहरुले मधेशी समुदायले लगाउने धोती लगाएर सहभागी थिए ।

उनीहरुले ‘धोती हाम्रो शान हो, मधेशीको पहिचान हो’, ‘मधेशी एकता जिन्दावाद’, ‘धोती भैया भनेर हेप्न पाइँदैन’ लगायत नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

आजै बसन्तपुर र पाटन दरबार क्षेत्रमा नेपाली टोपी दिवस मनाइएको छ । मधेशी समुदायले सन् २०१६ देखि जनवरी १ तारिखको दिन धोती दिवस मनाउन सुरु गरेका हुन् ।

प्रतिकृया दिनुहोस्