×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

म्याद थपका लागि रवीन्द्र मिश्रलाई लगायतलाई अदालत लगियो

म्याद थपका लागि रवीन्द्र मिश्रलाई लगायतलाई अदालत लगियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको छ । उनलाई प्रहरीले हतकडीसहित जिल्ला सरकारी वकिलको कार्यालय पुर्‍याएको छ ।

गत शुक्रबार राति पक्राउ परेका उनलाई केहीबेर अघि म्याद थपका लागि सरकारी वकिलको कार्यालय लगिएको हो । उनलाई आजै अदालत लगिनेछ ।

राज्यविरुद्धको कसुरमा मिश्र र महामन्त्री धवल शमशेर राणासहित ११ विरुद्ध मुद्दा दर्ता गरेर म्याद थप हुँदैछ । त्यस्तै, आपराधिक उपद्रव र संगठित अपराधमा ४१ जनालाई म्याद थप गर्ने तयारी प्रहरीको छ ।

प्रतिकृया दिनुहोस्