×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग

सदनमा प्रधानमन्त्रीको उपस्थितिका लागि रुलिङ गर्न कांग्रेसको माग

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित हुनका लागि रुलिङ गर्न सभामुखसँग माग गरेको छ ।

बिहीबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै कांग्रेस सचेतक निश्कल राईले सो माग गरेका हुन् । प्रधानमन्त्री र सरकारलाई सदनप्रति जवाफदेही बनाउँदै सदनलाई मर्यादित ढंगले अघि बढाउन प्रधानमन्त्री उपस्थित हुनुपर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री र सरकार सदनप्रति जवाफदेही नभएसम्म हिजो निलो स्कार्फ बाँधेर विरोध गर्ने र आज प्लेकार्ड प्रदर्शन गर्ने कार्य नरोकिने भएकाले बेलैमा सभामुख र सरकारको ध्यान जानुपर्ने राईले बताए ।

पछिल्लो केही बैठकदेखि प्रतिपक्षी दलले सरकारलाई जवाफदेही बनाउन खोजिरहे पनि सभामुखको साथ प्राप्त नभएको समेत उनले बताए । सदन भनेपछि सरकार र प्रधानमन्त्रीलाई एलर्जी हुनेजस्तो गरेको टिप्पणी उनले गरे ।

परम्परा भत्काउँदैछु भन्दै सरकारले व्यवस्थापिका, कार्यपालिका, न्यायपालिका सबैतिर हस्तक्षेप गरेको आरोप पनि उनले लगाए ।

प्रतिकृया दिनुहोस्