×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

माओवादी केन्द्रले १२ फागुनदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने

माओवादी केन्द्रले १२ फागुनदेखि हुलाकी राजमार्ग केन्द्रित अभियान सुरु गर्ने

काठमाडौं । नेकपा माओवादी केन्द्रले आगामी १२ फागुनदेखि हुलाकी राजमार्गकेन्द्रित अभियान सुरु गर्ने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटारमा सोमबार बसेको पदाधिकारी बैठकले झापाको केचनकवलबाट अभियान सुरु गर्ने निर्णय गरेको उपाध्यक्ष अग्नि सापकोटाले जानकारी दिए ।

‘१२ फागुनदेखि झापाको कचनकवलबाट अभियान सुरु गर्दैछौं, यो अभियान हुलाकी राजमार्ग भएर चल्नेछ’, सापकोटाले भने । २१ देखि २३ पुससम्म काठमाडौंमा बसेको केन्द्रीय समितिको छैटौँ पूर्ण बैठकले हुलाकी राजमार्गकेन्द्रित अभियान चलाउने निर्णय गरेको थियो ।

पदाधिकारी बैठकले माओवादीका उम्मेदवार निर्वाचित भएका पालिकाका पदाधिकारीहरूको भेला गर्ने निर्णय पनि बैठकले गरेको छ । १२३ वटा स्थानीय तह माओवादी केन्द्रले जितेको छ ।

प्रवक्ता सापकोटाका अनुसार बैठकले पदाधिकारीसहित सबै केन्द्रीय सदस्यको कार्यविभाजन पनि गरेको छ ।

महासचिवभन्दा मुनिका पदाधिकारीलाई विशेष प्रदेशसहित १० प्रदेशको इन्चार्जको जिम्मेवारी दिइएको छ । अरु केन्द्रीय सदस्यहरूको कार्य विभाजन भने सर्कुलरबाट पठाइने सापकोटाले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्