×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

प्रतिनिधिसभाका सचिव अधिकारीले दिए राजीनामा

काठमाडौं । प्रतिनिधिसभाका सचिव सुरेश अधिकारीले राजीनामा दिएका छन् । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले प्रतिनिधि सभाका सचिव अधिकारीले राजीनामा दिएको बताए ।

‘स्वास्थ्यको कारण देखाएर यही मंसिर १० गतेदेखि लागू हुने गरी राजीनामा दिनुभएको छ’ प्रवक्ता गिरीले जानकारी दिए । सचिव अधिकारीले राष्ट्रपतिसमक्ष राजीनामा दिएका हुन् ।

सभामुख देवराज घिमिरेको सिफारिसमा १८ असार २०८१ मा अधिकारी प्रतिनिधि सभाको सचिवमा नियुक्त भएका थिए । सभामुख घिमिरे हाल कम्बोडिया भ्रमणमा छन् । पूर्वसचिव अधिकारीलाई सभामुख घिमिरेले प्रतिनिधि सभा सचिव नियुक्ति सिफारिस गरेका थिए ।

प्रतिकृया दिनुहोस्