×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम भएन : प्रचण्ड

सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम भएन : प्रचण्ड

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ले प्रचण्डले उपसभामुखलाई हटाउने प्रयास धेरै पहिलेदेखि नै भइरहेको बताएका छन् । पार्टीको केन्द्रीय कार्यालय बाहिर पत्रकारहरूसँग कुरा गर्दै प्रचण्डले यसमा सरकारले गल्ती गरिरहेको बताएका हुन् ।

उनले सरकार गठन भएदेखि नै गल्तीबाहेक कुनै राम्रो काम नगरेको आरोप लगाए। उनले उपसभामुख एक आदिवासी जनजाति महिला भएको र सामाजिक सेवा तथा बालबालिकाको हेरचाहमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रूपमा ख्याति कमाएको व्यक्ति भएको कुरामा जोड दिए। उनले यस्तो व्यक्तिलाई बिनाकारण हटाउन खोज्नु गलत भएको भन्दै आफ्नो पार्टीले त्यसको विरोध गर्ने घोषणा गरे।

एक पत्रकारले उपसभामुखमाथि पनि प्रश्न उठेको छ नि भनी सोध्दा, प्रचण्डले ती आरोपहरूलाई खारेज गर्दै उनले कुनै गलत काम गरेको प्रमाण नभएको र सबै आरोपहरू कपोलकल्पित र झुटा भएको बताए। 
 

प्रतिकृया दिनुहोस्