×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

प्रधानमन्त्री ओलीले गरे आगजनी भएको एकीकृत समाजवादीको पार्टी कार्यालय अवलोकन

प्रधानमन्त्री ओलीले गरे आगजनी भएको एकीकृत समाजवादीको पार्टी कार्यालय अवलोकन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजावादी प्रदर्शनको क्रममा आगजनी गरिएको नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय अवलोकन गरेका छन् ।

आइतबार निधन भएका एकीकृत समाजवादी आवद्ध वरिष्ठ पत्रकार तथा लेखक कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली दिन पुगेका बेला प्रधानमन्त्री ओलीले समाजवादीको पार्टी कार्यालय अवलोकन गरेका हुन् ।

त्यसक्रममा प्रधानमन्त्रीले पार्टी कार्यालयमा आगजनी हुनु दुःखद घटना भएको भन्दै सरकारले संलग्नहरूमाथि कडा कारबाही गर्ने बताएको एकीकृत समाजवादीका नेताहरूले बताएका छन् ।

१५ फागुनमा राजावादीहरूले एकीकृत समाजवादीको पार्टी कार्यालयमा आगजनी गरेका थिए । कार्यालयभित्र प्रवेश गरेका उनीहरूले तोडफोड गर्दै कार्यालयमा आगो लगाएका थिए ।

आगजनी भएको पार्टी कार्यालयको यसअघि समाजवादी मोर्चाका नेताहरू तथा गृहमन्त्री रमेश लेखकले पनि अवलोकन गरेका थिए ।

प्रतिकृया दिनुहोस्